Binod Chaudhary Motivational Quotes [Nepali] That Will Motivate You Forever
विनोद कुमार चौधरी एक नेपाली अर्बपति व्यापारी, उद्योगपति, राजनीतिज्ञ र परोपकारी हुन्। उनि चौधरी ग्रुप (सीजी) को अध्यक्ष हुन्, जसमा करिब १३६ कम्पनीहरु छन्। चौधरी फोर्ब्सको सूचीमा परेका पहिलो नेपाली अर्बपति पनि हुन्। व्यवसायका अलावा चौधरी अन्य सरकारी तथा सामाजिक क्षेत्रमा पनि संलग्न छन्। उहाँले अप्रिल 2008 देखि मे 2012 सम्म नेपालको संविधानसभा र संसदको सदस्यको रूपमा काम गर्नुभयो। उहाँको CG फाउन्डेशनले समाज कल्याणको लागि काम गर्दछ र उहाँले कला, संगीत र साहित्यका क्षेत्रमा पनि योगदान दिनुहुन्छ।
Binod Chaudhary Motivational Quotes
“सफलताको एकाधिरक कुनै विश्व विद्यालयमा पढेको हो वा कुन डिग्री हाँसिल गरेको हो भन्ने सँग गाँसिएको हुदैन। तपाई के सपना देख्दै हुनुहुन्छ र त्यो सपना लाई बिपनामा बदल्न कस्तो संकल्प लिनु हुन्छ भन्ने कुराको सबैभन्दा अहम महत्व हुन्छ।”
— बिनोद चौधरी
“पहिले कर्म गर्नुहोस् अनि भाग्यको आशा गर्नुहोस्।”
— बिनोद चौधरी
“जे गर्नु छ तन, मन, बचनका साथ गर्नुहोस्। लक्ष्य निर्धारण गर्नुहोस्, आफैलाई पटक-पटक जच्नुहोस् यदि यसो गर्नु भयो भने अरुले जच्दा तपाई कहिले फेल हुनु हुनेछैन।”
— बिनोद चौधरी
“पैसा एउटा साधन हो साध्य होइन। पैसाले मात्रै सबै कुरा पुग्दैन पैसा भन्दा महत्वपुर्ण कुरा भनेको संकल्प हो, Clear सोच हो।”
— बिनोद चौधरी
“आजको Consumer लाइ के कुराले पुगिरा छैना, के कुराको कमि भैराछ, के कुरा नभाकोले उनीहरुलाई अझै पनि असुविधा भैराछ, त्यो पहिचान गर्न सक्नु र त्यसको affordable solution दिन सक्नु नै अहिलेको innovation हो।”
— बिनोद चौधरी
“हो, हामी नेपालमा व्यापार गर्न सक्छौं र अझै सफल हुन सक्छौं। त्यो मैले प्रमाणित गरें।”
— बिनोद चौधरी
“जब म 18 वर्षको थिएँ, र जब मैले मेरो पारिवारिक व्यवसायमा प्रवेश गरें, मैले चाँडै महसुस गरें कि यो मैले सोचे जस्तो सजिलो छैन। मैले मेरो बुबाको पुस्ताका मानिसहरूसँग व्यवहार गर्नुपर्थ्यो। व्यापार गर्नको लागि विश्वास निर्माण गर्नु महत्त्वपूर्ण थियो।”
— बिनोद चौधरी
“तपाईले यस्तो सपना देख्नु पर्छ जसले तपाईलाई निदाउन दिदैन। सपना देख्नुहोस पछ्याई रहनुहोस्।”
— बिनोद चौधरी
“अहिलेको विश्व भनेको idea ले संचालित छ पैसाले होइन। एउटा अत्यन्तै अविकसित, पिछडिएको ठाउँमा जन्मिएको एउटा मान्छे पनि यदि उसको तिब्र बुद्धि छ भने इन्टरनेट को कारणले उसँग विश्वको सबै ज्ञानहरु उसको हातमा हुन सक्छ र यदि उसले यस्तो किसिमको कुनै एउटा idea generate गर्यो जसले एउटा नयाँ Transformation ल्याउछ Demand र Supply लाई जोड्न सक्यो भने पुजी नभईकन पुजीवाला हरु झन् उल्टै उसको पछाडि दौडिन्छन्।”
— बिनोद चौधरी
“कहिले पनि मैले यति कमाउनु पर्छ भन्ने दृष्टिकोण राखिन यो ठाउँमा पुग्नु पर्छ भन्ने चाँही राखे।”
— बिनोद चौधरी
“आज तपाई सँग सम्भावना नै सम्भावनाले भरिएको भविष्य छ। तपाई सपना देख्नुस्, संकल्प लिनुहोस् सफलता तपाईको दास नबनी सुखै छैन।”
— बिनोद चौधरी
“तपाई कति धनि परिवारमा जन्मिनु भयो वा गरिब परिवारमा या कति कुलीन परिवारमा जन्मिनु भयो भन्ने कुराको आडम्बरले भबिष्य निर्धारण गर्दैन। तपाई सँग कति सिर्जनसिल सोच छ र त्यसलाई कार्यान्वयन गर्ने धैर्यता भन्ने कुराले नै तपाइको भबिष्य निर्धारण गर्छ।”
— बिनोद चौधरी
“गल्ति गर्नेहरुले मात्रै नयाँ सृजनाका लागि आफैलाई परीक्षणको भट्टीमा हाल्न तयार हुन्छ। त्यसैले तपाई हरुले पनि आजै बाट गल्ति गर्न सुरु गर्नुहोस्। जब गल्ति गरेको थाहा हुन्छ त्यसलाई सच्याउनुहोस्। गल्ति जीवनको सबै भन्दा ठुलो शिक्षा हो। गल्ति प्रगतिको सूचक हो। गल्ति गर्नु कुनै गल्ति होइन तर गल्ति बाट पाठ नासिक्नु चाहिँ गल्ति हो।”
— बिनोद चौधरी
“तपाई पैसाले सुविधा किन्न सक्नु हुन्छ प्रतिष्ठा किन्न सक्नु हुन्न। प्रतिष्ठा किन्नको लागि कसै न कसैको मन छुनु पर्छ।”
— बिनोद चौधरी
“तासको गद्दीबाट तास थुत्दा जुन जुन तास आए त्यो तपाईको भाग्यले दिएको हो तर थुतेका तासहरु मिलाएर जो बनाउनु भयो त्यो तपाइको कर्मले बनाउनु भएको हो। मानिसले ठिकैका तासहरु आएर पनि जित्न सक्छ र राम्रा तास आएर पनि हर्न सक्छ तर हर्ने मान्छेले जहिले पनि तासलाई नै दोष दिन्छ।”
— बिनोद चौधरी
“सपना देख्नुहोस् र सपनालाई पछ्याउनहोस् पैसाको अभावमा तपाइको सपना मर्नै सक्दैन।”
— बिनोद चौधरी